You are here
Home > Front News > चार लाख घुससहित वन अधिकृत पक्राउ

चार लाख घुससहित वन अधिकृत पक्राउ

२७ असार २०७६, शुक्रबार १४:०८

सुर्खेत-चार लाख रुपैयाँ घुससहित सुर्खेतमा वन अधिकृत पक्राउ परेका छन्। डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा घुससहित पक्राउ परेका हुन्। उनलाई शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।

अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले वन अधिकृत लामालाई घुससहित पक्राउ गरिएको जानकारी दिए। वन अधिकृत लामालाई सेवाग्राहीसँग घुस लिंदै गर्दा उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारको सुर्खेत कार्यालयले जनाएको छ।