You are here
Home > समाचार > मूलपानीको पहिरोमा पुरिएका तीन जनाको शव निकालियो

मूलपानीको पहिरोमा पुरिएका तीन जनाको शव निकालियो

२७ असार २०७६, शुक्रबार १७:५२

काठमाडौं-अबिरल वर्षाका कारण काठमाडौंको मुलपानीमा गएको पहिरोमा पुरिएका तीन जनाकै शव फेला परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कागेश्वरी मनोहरा–६ स्थित टहरोमा बसिरहेका तीन जनाको शव पहिरोबाट निकालिएको हो । शुक्रबार दिउँसो माथिबाट खसेको पहिरोले टहरो पुर्दा उनीहरु हराइरहेका थिए । मृत्यु हुनेमा ३० वर्षीया नीतु यादव, ३५ वर्षीया शर्मिला यादव र उनका छोरा १० वर्षीय कुन्दन यादव रहेको परिसर प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनीहरु बारा जिल्लाका हुन् । टहरोमा डेरा बसिरहेका थिए । वर्षाका कारण पहिरोले टहरो पुरेपछि हराइरहेका उनीहरुलाई एक्साभेटरको सहायताले खोजिएको थियो ।