You are here
Home > समाचार > प्रधानसेनापति थापा चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी

प्रधानसेनापति थापा चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी

२७ असार २०७६, शुक्रबार १८:०३

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघीय मुख्यालय, न्युर्योकमा आयोजित चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी भएका छन्। कार्यक्रममा विश्वका १०६ मुलुकका सेना प्रमुख तथा वरिष्ठ सैनिक अधिकारीहरुको सहभागिता रहेको छन्।

बिहीबार भएको उक्त्त भेलामा प्रधानसेनापति थापाले संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा निर्वाह गर्दै आएको अग्रणी भूमिकाबारे जानकारी गराउँदै संयुक्त राष्ट्र संघ अन्तर्गतका मिशनहरुमा नेपालले शान्ति सैनिकहरुको सहभागिता बढाउँदै लगिने बताए।

यस अघि बुधबार प्रधानसेनापति थापा संयुक्त राष्ट्र संघको न्युर्योकस्थित मुख्यालयमा आयोजित वुमन पिस एण्ड सेक्युरिटी सेमिनारमा सहभागि भएका थिए।