You are here
Home > विचित्र संसार > बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता

बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता

२९ असार २०७६, आईतवार १०:२६

काठमाडौं-अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । बाढी पहिरोमा परेर २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् ।

उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म एक हजार बढीको उद्धार गरिएको छ ।

हालसम्म ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक मध्ये १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ ।

बाढी पहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई, दुई, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक–एक गरी २० जना घाइते भएका छन् ।

यस्तै सिन्धुली छ, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २४ जना बेपत्ता भएका छन् ।