You are here
Home > समाचार > ओढारमा लुकाएर राखेको १६ किलो सुन बरामद

ओढारमा लुकाएर राखेको १६ किलो सुन बरामद

९ श्रावण २०७६, बिहीबार १४:०२

काठमाडौं- गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद भएको छ । धार्चे गाउँपालिका खोर्लाबेसीमा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

मनास्लु पदमार्ग नजिकै ओडारभित्र लुकाइराखेको सुन बिहीबार बिहान भेटिएको स्थानीय विशुकुमार गुरुङले जानकारी दिए । २७ दिनदेखि हराइरहेका धनकमल गुरुङले लुकाएको सुन ओडारमा भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि धनकमलले सुन लुकाएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गएको २७ दिनदेखि हराइरहेका धनकमललाई खोज्न परिवारले प्रहरीमा निवेदन दिएका थिए ।