You are here
Home > समाचार > उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा

१४ श्रावण २०७६, मंगलवार १७:३६

काठमाडौं – जनकपुर उपमहानगरपालिकाको कार्यालय जनकपुरधामका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) अर्जुनप्रसाद सुवेदीसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। विद्युतीय सामग्री खरिदमा अनियमिता गरेको आरोपमा अख्तियारले जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

विद्युतीय सामग्री खरिदमा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकिय अधिकृत सुवेदीसहित उपसचिव मदन घिमिरे ,शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी र नायव सुब्बा अव्दुल जव्वारलाई प्रतिवादी बनाएको छ। 

ठेकेदार कम्पनी  सत्या इन्टरप्राइजेज पिपरा ७ महोत्तरीका प्रो मनिषकुमार मिश्रविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिरहेको छ।  उनीहरुविरुद्ध ११ लाख ३५ हजार विगो कायम गरिएको छ।