You are here
Home > राजनीति > यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

१९ श्रावण २०७६, आईतवार २२:४४

काठमाडौं -सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ । पछिल्ला मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा सूचना, संचार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सो कुरा बताएका हुन् । 

सरकारले अशोक साह, विन्दे महतो दानादेवी महतो (विन्दे महतोकी पत्नी, वैवाहिक अंगीकृत) सोसील महतो (दानादेवीकी बुहारी) राजेन्द्र महतो राजेश्वर महतो रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्ध गरेको हो ।