You are here
Home > समाचार > बागलुङमा पहिरो : ३ जनाको मृत्यु, ६ जना घाइते

बागलुङमा पहिरो : ३ जनाको मृत्यु, ६ जना घाइते

२० श्रावण २०७६, सोमबार ०९:००

काठमाडौं-तमानखोला गाउपालिकाको ४ लाम्मेलामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएको छन् ।

सोमबार राति २ बजे तिर गएको पहिरोलेले लाम्मेल ४ सन्दरका ५ घर पुरिएको हो ।

पहिरोले पुरिएर ज्यान गुमाएकी चन्द्रकुमारी श्रीपालीको शव बाहिर निकालिएको छ भने अन्य दुईजना असारी श्रीपाली र प्रवीण श्रीपालीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी सहायक निरीक्षक समुन्त्र नेपालले जानकारी दिनुभयो।

घटनास्थलमा प्रहरी आइसकेको र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।