You are here
Home > समाचार > चार किलो सुनसहित एयरपोर्टबाट चिनियाँ नागरिक पक्राउ

चार किलो सुनसहित एयरपोर्टबाट चिनियाँ नागरिक पक्राउ

२० श्रावण २०७६, सोमबार १४:१२

काठमाडौं -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लि निङसिङ रहेको त्रिभुवन विमानस्थल प्रहरीले जनाएको छ ।

आइतबार राति ड्रागन एयरको जहाजमा हङकङबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालयले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

भन्सार कार्यालयको एक्सरे मेसिनले चेकजाँच गर्दा लि निङसिङले ल्याएको लगेजमा शंकास्पद वस्तु देखिएपछि चेक गर्दा सुन भेटिएको प्रहरीले जनाएको छ ।