You are here
Home > राजनीति > जम्मु काश्मीर अब भारतको विशेष राज्य रहेन

जम्मु काश्मीर अब भारतको विशेष राज्य रहेन

२० श्रावण २०७६, सोमबार १४:१५

काठमाडौं -भारत सरकारले जम्मु काश्मीरको विशेष राज्यको दर्जा खोसेर लद्दाखलाई समेत अलग बनाउने भएको छ ।

गृहमन्त्री अमित शाहले राज्यसभामा जम्मु काश्मीरको विशेष राज्यको दर्जा खोस्ने र केन्द्र शासित राज्य बनाउने प्रस्ताव पेस गरेका छन् ।

यस्तै, जम्मु काश्मीर राज्यमा रहेको हिमाली जिल्ला लद्दाख अब अलग्गै केन्द्र शासित इलाका हुनेछ । यहाँ विधानसभा हुनेछैन ।

गृहमन्त्री शाहले विपक्षीको चर्को विरोधबीच संविधानको धारा ३७० खारेज गर्ने संकल्प प्रस्ताव राज्यसभामा पेस गरेका छन् ।

कांग्रेसले सरकारले गरेको प्रस्तावको विरोध गरेको छ । राज्यसभामा कांग्रेस नेता गुलाम नबी आजाजले संविधानको धारा ३७० खारेज गरिनु भारतीय संविधानको हत्या भएको आरोप लगाएका छन् ।

राज्यसभामा पीडीपीका सांसदले निरन्तर नाराबाजी गरेका छन् । पीडीपी प्रमुख एवं जम्मु कश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले मोदी सरकारको निर्णय भारतीय लोकतन्त्रका लागि कालो दिन भएको टिप्पणी गरेकी छन् ।

एजेन्सी