You are here
Home > समाचार > रवी लामिछानेसँग सिधा कुरामा काम गर्ने पत्रकार चितवनमा मृत भेटिए

रवी लामिछानेसँग सिधा कुरामा काम गर्ने पत्रकार चितवनमा मृत भेटिए

२१ श्रावण २०७६, मंगलवार ०९:४१

काठमाडौं- चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगमा रवी लामिछानेसँग काम गरेका नुवाकोटका पत्रकार चितवनमा मृत भेटिएका छन ।

हाल माउन्टेन टेलिभिजनमा कार्यरत नुवाकोट बेलकोटगढीका शालिकराम पुडासैनी चितवनको कलश होटलमा मृत फेला परेका हुन । होटलमा राती सुतेका पुडासैनी कोठामा झुण्डीएको अवस्थामा फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ ।

लामो समय न्युज ट्वान्टी फोर टेलिभिजनको बहुचर्चित कार्यक्रमा सिधा कुरा जनतासँगका लागी उनले रवी लामिछानेसँग काम गरेका थिए । पछिल्लो समय माउन्टेन टेलिभिजनको मिसन न्युजमा काम थालेका उनि केही समय टिभी अन्नपूर्णको नुवाकोट रिर्पोटरका रुपमा समेत काम गरेका थिए।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेपनि उनको हत्या भएको परिवारले आशंका गरेको छ । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि उनीहरू अहिले चितवन आइपुगेका छन ।

भरतपुर महानगरपालिकाको पोखरा बसपार्कको होटल कलशमा झुण्डिएका युवाको साथबाट प्रहरीले माउन्टेन टेलिभिजनको परिचय पत्र र होटलमा टिपाएको नामको आधारमा उनि पत्रकार पुडासैनी नै रहेको पुष्टि गरेको छ । पुडासैनीको परिवार अहिले घटनास्थलमा पुगेको छ । अहिले मुचुल्चा तयार गर्ने काम भैरहेको छ । प्रहरीले भने पुडासैनीले नाईलनको डोरी पंखामा पासो लगाएर झुण्डिएको प्रहरीले बताएको छ ।

पुडासैनी सोमबार दिउँसो करिव ३ बजे काठमाडौँबाट होटलमा पुगेका थिए।