You are here
Home > समाचार > विप्लवका ‘केन्द्रीय सदस्य’सहित तीन जना पक्राउ

विप्लवका ‘केन्द्रीय सदस्य’सहित तीन जना पक्राउ

२१ श्रावण २०७६, मंगलवार १४:२७

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई नेतासहित तीनजनालाई प्रहरीले राजधानीको बत्तीसपुतलीबाट पक्राउ गरेको छ । 

पक्राउ परेका दुई नेतामा ७० वर्ष काटेका वृद्ध रहेका छन्। पक्राउ परेकामध्ये हालै मात्र विप्लवले केन्द्रीय सदस्यबाट हटाएका १७ मध्ये ७१ वर्षीय डम्बर विक रहेका छन्।  तनहुँ घर भएका विक विप्लव निकट दलितका राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष हुन्।

विप्लव निकट स्रोतका अनुसार उनी लामो समयदेखि बिरामी थिए । बिरामी भएकै कारण उनलाई आराम गर्ने सहजताका लागि पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारीबाट मुक्त गरेको थियो। विकले नियमित औषधि खाइरहनुपर्ने र स्वास्थ्य जाँच गरिरहनुपर्ने अवस्था छ।  त्यसैगरी उनीसँगै ७३ वर्षीय मकर गुरुङ पनि पक्राउ परेका छन्।

‘पक्राउ परेका दुईजना वृद्धअवस्थाका छन्’, महानगीय अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले थाहासँग भने, ‘उनीहरुलाई उमा गुरुङको घरबाट पक्राउ गरेका हौँ। उमालाई पनि हिरासतमा लिइएको छ।’