You are here
Home > समाचार > धनगढी विस्फोटका घाइते सेरला डिस्चार्ज भएलगत्तै पक्राउ

धनगढी विस्फोटका घाइते सेरला डिस्चार्ज भएलगत्तै पक्राउ

२१ श्रावण २०७६, मंगलवार १४:३३

धनगढी -धनगढी बम विस्फोटमा घाइते विप्लवका कार्यकर्तालाई अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रहरीले पक्राउ गरेको छ ।गत साउन २ गते धनगढी उपमहानगरपालिका ३, सहीदगेटमा भएको शक्तिशाली बम विस्फोटमा परी घाइते भएका लक्ष्मण सरेलालाई प्रहरीले पक्राउ गरेको हो।

अस्पतालबाट डिस्चार्ज भएपछि घर फर्कन लागेका सरेलालाई विस्फोटमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको छ । विप्लव कार्यकर्ता आफैंले बोकेको शक्तिशाली बम विस्फोट हँदा उक्त घटना घटेको थियो ।