You are here
Home > राजनीति > यी हुन् उपनिर्वाचन हुने स्थानहरू

यी हुन् उपनिर्वाचन हुने स्थानहरू

२१ श्रावण २०७६, मंगलवार १७:३३

काठमाडौँ – मसिंर–१४ मा तोकिएको उपनिर्वाचनले सातवटै प्रदेशलाई छुने भएको छ। निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने वडाहरू सबै प्रदेशमा छन्। प्रतिनिधिसभातर्फ कास्की– २, प्रदेशसभातर्फ बागलुङ २९२०, भक्तपुर १९१० र दाङको ३९२० निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। त्यस बाहेक ४२ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको हो।

स्थानीय तहतर्फ उपमहानगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन् । स्थानीय बाहेक तीनवटै तहका रिक्त स्थानहरुमा एकै दिन उपनिर्वाचन हुन लागेको हो। विभिन्न ३६ जिल्लामा गरी तीनवटै तहका रिक्त ५० स्थानमा उपनिर्वाचनको तयारी छ। उपनिर्वाचनको मिति घोषणापछि भोजपुर पौवादुङमा गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षको निधनका कारण त्यहाँ पद रिक्त हुन पुगेको छ।