You are here
Home > समाचार > ग्यासको मूल्य घट्यो, डिजेल र पेट्रोल बढ्यो

ग्यासको मूल्य घट्यो, डिजेल र पेट्रोल बढ्यो

२१ श्रावण २०७६, मंगलवार २१:३२

काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ। निगमले मंगलबार रातिदेखि लागू हुने गरी ग्यासको मूल्य घटाएको हो।

अब उपभोक्ताले ग्यास १३ सय ७५ रुपैयाँमा पाउनेछन्। यसअघि ग्यासको मूल्य १४ सय रुपैयाँ थियो। निगमले ग्यासको मूल्य घटाए पनि पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने बढाएको छ।

पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य भने लिटरमा एक रुपैयाँ र ५० पैसा बढाएको छ। 

अब उपभोक्तालाई काठमाडौंमा पेट्रोल एक सय नौ रुपैयाँ र डिजल तथा मट्टीतेल भने ९७ रुपैयाँ पर्नेछ। निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।