You are here
Home > समाचार > २१ लाख अवैध रकमसहित युवक पक्राउ

२१ लाख अवैध रकमसहित युवक पक्राउ

२२ श्रावण २०७६, बुधबार १३:५३

महोत्तरी-महोत्तरीको मटिहानीबाट सशस्त्र प्रहरीले अवैध २१ लाख २२ हजारसहित एक युवकलाई पक्राउ गरेको छ ।

मङ्गलवार बिहान सीमावर्ती क्षेत्र मटिहानी नगरपालिका–९ स्थित हनुमान चोकबाट महोत्तरी गाउँपालिका–१ डाम्ही बस्ने ३५ वर्षीय सुरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । 
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट सुराकीको अधारमा प्रहरीले ठाकुरलाई चेकजाँच गर्ने क्रममा सो रकम फेला पारेको छ ।

स्रोत नखुलेको २१ लाख २२ हजार नगद सहित ठाकुरले ज ११ प १७३२ नम्बरको मोटरसाईकलमा जलेश्वरतर्फ गइरहेको बेला हनुमान चोकमा प्रहरीले चेकजाँच गर्दा सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

ठाकुरले बोकेको रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नगदसहित सम्पत्ति शुद्धिकरण विभाग ललितपुर आजै पठाइएको छ ।