You are here
Home > समाचार > पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार थाईल्याण्ड जादैं

पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार थाईल्याण्ड जादैं

२३ श्रावण २०७६, बिहीबार ०९:२८

काठमाडौं-३ साता लामो भ्रमण कार्यक्रमअनुसार दशैँको केही दिनअघि मात्र फर्कने गरी पूर्वराजाको परिवार थाइल्याण्ड भ्रमणमा जान लागेको छ ।

पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिना र परिवारसँगै भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक निस्कने भएका हुन ।

परिवारसँगै भ्रमणमा निस्कने गरेका पूर्वराजा ज्ञानेन्द्र यसपटक थाइल्याण्ड जानुअघि नै हिजो बुधबार पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड गइसकेका छन । पूर्वरानी कोमल पनि राजा त्यहाँ पुगेको केही दिनपछि थाइल्याण्ड जाने जानकारी छ । 

पूर्व राजपरिवार थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।