You are here
Home > राजनीति > राप्रपाको प्रशिक्षक प्रशिक्षण धुलिखेलमा

राप्रपाको प्रशिक्षक प्रशिक्षण धुलिखेलमा

२३ श्रावण २०७६, बिहीबार १३:४१

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७६ लाई सङ्गठन निर्माण बर्ष घोषणा गरेको छ । यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न सो पार्टीको प्रशिक्षण विभागले साउन २४ र २५ गते आवासीय केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

धुलिखेलको एक रिसोर्टमा सञ्चालन हुने प्रशिक्षणको उद्घाटन पार्टी अध्यक्ष कमल थापाले गर्नेछन् ।  सैद्धान्तिक, वैचारिक बिषयसँगै सङगठन निर्माण, जनसंघर्ष, समसामयिक राजनीतिक अवस्था र सूचना प्रविधिको बिषयमा प्रशिक्षण दिइने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशबाट ६० जनाको सहभागिता रहनेछ । पार्टी अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण बिभाग प्रमुख भुवन पाठक, सहायक प्रवक्ता रमानन्द न्यौपाने, आईटी इन्जिनियर रोजेश रिजालले प्रशिक्षण दिनेछन् ।