You are here
Home > अर्थ/बजार > सुनको मूल्यमा अर्काे नयाँ रेकर्ड, तोलाको ७० हजार पुग्यो

सुनको मूल्यमा अर्काे नयाँ रेकर्ड, तोलाको ७० हजार पुग्यो

२३ श्रावण २०७६, बिहीबार १३:५१

काठमाडौं – सुनको मूल्य आज बिहीबार प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । बुधबार ६९ हजार चार सयमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले बढेर ७० हजार रुपैयाँ पुगेको हो । नेपालको सुन बजारमा प्रतितोला ७० हजार रुपैयाँ पुगेको यो नै पहिलो पटक हो । पछिल्ला दिनमा सुनको मूल्य लगातार बढिरहेको छ ।

आज बिहीबारलाई तेजाबी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ तोकिएको छ ।