You are here
Home > समाचार > प्रहरीको गोलीबाट घाइते भएका मिलन तामाङ नियन्त्रणमा

प्रहरीको गोलीबाट घाइते भएका मिलन तामाङ नियन्त्रणमा

२४ श्रावण २०७६, शुक्रबार १३:५६

काठमाडौं-राजधानीको बिजेश्वरीमा प्रहरीले गोली हानेर एकजनालाई नियन्त्रणमा लिएको छ। लोप्सन  भन्‍ने मिलन तामाङलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा प्रतिकार गरी भाग्न खोजेपछि गोली हानिएको हो। मिलन तामाङको घुँडामुनि गोली हानेर उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामालाई समात्ने क्रममा प्रहरीले दुई गोली घुँडामुनि हानेको छ। घाइते भएका तामाङलाई प्रहरीले तत्कालै अस्पताल लगेको छ।