You are here
Home > Front News > गाउँपालिका अध्यक्षलाई २ करोडको धम्कीपछि लामालाई प्रहरीले गोली हानियो

गाउँपालिका अध्यक्षलाई २ करोडको धम्कीपछि लामालाई प्रहरीले गोली हानियो

२४ श्रावण २०७६, शुक्रबार १४:१३

काठमाडौं- प्रहरीको गोली लागेर घाइते भएका मिलन लामा लोप्चनले रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई दुई करोड रुपैयाँ मागेको खुलेको छ। महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गर्ने क्रममा घाइते भएका लामाले टेलिफोन गरेर अध्यक्ष खड्कासँग २ करोड रुपैयाँ मागेको हो ।

अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार जनप्रतिनिधिलाई धम्की दिँदै रकम मागेको जानकारी एक साताअघि नै आएको थियो। त्यसयता प्रहरीले लामालाई खोजी थालेको थियो।

उता लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले मिलनले आफूलाई फोनमार्फत धम्क्याउँदै आएको बताए।

मिलनसँग आफ्नो व्यक्तिगत सम्बन्ध र कुनै रिसिइवी नरहेको उनले बताए। गाउँपालिका वैशाख १३ गते गाउँसभामा वडा नम्बर ७ का वडाध्यक्षसँग विवाद भएपछि आफूलाई धम्की आउन सुरु गरेको उनको भनाइ छ।