You are here
Home > समाचार > सिंहदरबारकै प्रहरी हिरासतबाट दुई थुनुवा फरार

सिंहदरबारकै प्रहरी हिरासतबाट दुई थुनुवा फरार

२५ श्रावण २०७६, शनिबार ११:४९

काठमाडौं-महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट दुई थुनुवा भागेका छन् । चोरी मुद्दामा थुनामा रहेको दुई थुनुवा शनिबार बिहानपख हिरासतबाट भागेको काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होबिन्द्र बोगटीले पुष्टि गरे ।

थुनुवाहरुले ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर भागेका थिए । झ्यालको डन्डी काटेर भागेका चार थुनुवामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

मोटरसाइकल चोरीमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको डिएसपी बोगटीले जानकारी दिए । फरार थुनुवाको नाम प्रहरीले गोप्य राखेको छ ।

२४ असारमा ललितपुरको भैंसेपाटी प्रभागको हिरासतबाट पनि झ्यालको डन्डी काटेर तीन थुनुवा भागेका थिए । २५ असारमा सिंहदरबार वृत्तबाट म्याद थपका लागि उच्च अदालत लगिएका रामबोल खड्का अदालतको शौचालयबाटै भागेका थिए ।