You are here
Home > समाचार > सिक्री खोसेर भाग्ने गिरोह प्रहरीको फन्दामा

सिक्री खोसेर भाग्ने गिरोह प्रहरीको फन्दामा

२५ श्रावण २०७६, शनिबार १७:४५

काठमाडौं-मानिसहरुले लगाएका सुनका सिक्री खोसेर भाग्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं प्रहरी परिसरबाट खटिएको विशेष टोलीले शुक्रबार ३ जनाको समूहलाई वसुन्धारा र ललितपुरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा टमबहादुर सुनुवार, टलकबहादुर रायमाझी र देवासिस दोलही रहेका परिषरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

‘विगत केही समयदेखि काठमाडौंका विभिन्न स्थानहरुमा मोटरसाइकल सवार व्यक्तिहरुले पैदल हिडिरहेका महिलाको सिक्री लुट्ने गरेको मौखिक उजुरी आएपछि हामीले अनुसन्धान थालेका थियौं’, बोगटीले भने,‘सिक्री लुट्ने काममा यिनीहरु संलग्न भएको थाहा पाएपछि हामीले पक्राउ गरेका हौं।’

अनुसन्धानका क्रममा १० जना भन्दा बढी व्यक्तिहरुको घाँटीबाट उनीहरुले सुनका सिक्री लुटेको खुलेको छ। पक्राउ परेका मध्ये टम वहादुर सुनुवार र टलक वहादुर रायमाझी पहिले पनि यस्तै घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको प्रहरीले जनाएको छ।