You are here
Home > राजनीति > संघर्ष र बलिदानको उपलब्धिलाई कसैले उल्ट्याउन सक्दैनः प्रचण्ड

संघर्ष र बलिदानको उपलब्धिलाई कसैले उल्ट्याउन सक्दैनः प्रचण्ड

२५ श्रावण २०७६, शनिबार १७:५८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्ष र बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताउनुभएको छ ।

राजधानीमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष दाहालले जनतामा आएको राजनीतिक सामाजिक जागरणसहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गर्नुभएको हो ।

परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै दाहालले इतिहास उल्ट्याउन गरिने प्रयास र तिनका अगुवा अन्ततः सबै फोहरको थुप्रोमा मिल्क्याइने बताउनुभयो ।

‘जनतामा राजनीतिक र सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन, इतिहासको चक्का निरन्तर अगाडि बढ्छ’, दाहालले भन्नुभयो, ‘पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्याइने नै गरेका छन्, नेपाल त्यसको अपवादमा हुनै सक्दैन ।’