You are here
Home > समाचार > गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनी

गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनी

२६ श्रावण २०७६, आईतवार ०७:४१

कपिलवस्तु-अज्ञात समूहले शनिबार राति मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगो लगाएका छन् ।

सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति साढे १० बजेतिर आगजनी भएको जनाइएको छ । आगजनी कसले र किन गरेको भन्ने आफूलाई जानकारी नभएको चौधरी बताउँछन् । आगजनीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले जानकारी दिएका छन् ।