You are here
Home > राजनीति > प्रधानमन्त्री ओली सिंगापुरबाट भोली स्वदेश फर्किने

प्रधानमन्त्री ओली सिंगापुरबाट भोली स्वदेश फर्किने

२६ श्रावण २०७६, आईतवार ०९:४७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई एक दिन लम्बिएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको परीक्षण रिपोर्टको बिस्तृत बिवरण नआएपछि आज स्वदेश फर्कने कार्यक्रम स्थगित भएको हो ।

प्रधानमन्त्री ओली भोलि सोमवार दिउसो थाइ एअरको नियमित उडानमार्फत काठमाडौं आइपुग्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री ओली आज दिउसो स्वदेश फर्कनेकार्यक्रम रहेको थियो ।

चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली एक दिनथप बसाईमा रहनुभएको हो । स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओली स्वस्थ देखिए पनि मृगौला पत्यारोपनपछिको समग्र पक्षमा परीक्षण गरिएको कारण समय लम्बिएको हो ।

प्रधानमन्त्री ओली गत साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएको थियो ।