You are here
Home > समाचार > प्रदेशमा समायोजन भएर जाने प्रहरीको दुई तह ग्रेड वृद्धि हुने

प्रदेशमा समायोजन भएर जाने प्रहरीको दुई तह ग्रेड वृद्धि हुने

२६ श्रावण २०७६, आईतवार १७:२१

काठमाडौं -प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुनेगरी प्रहरी समायोजन विधेयक प्रतिनिधिसभाबाट आइतवार पारित भएको छ ।

आइतबार बसेको बैठकले विधेयक पारित भएसँगै अब प्रदेशमा समायोजन भएर जाने प्रहरीको पनि दुई तह ग्रेड वृद्धि हुने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले प्रहरीको मनोबल बढाउन प्रदेशमा जाने प्रहरीको ग्रेड वृद्धिको व्यवस्था गरिएको बताउनुभयो । विधेयकले प्रदेश प्रहरी प्रमुख (डीआईजी) पनि प्रहरी प्रमुख (आईजी) हुन पाउने बाटो खुला गरिएको छ ।

यस्तै विधेयकले प्रदेश प्रहरीको पोसाक सबै प्रदेशको एउटै रहने पनि उल्लेख छ । तर पोशाकसँगै सम्बन्धित प्रदेशले आफ्नो संस्कृति झल्कने खालका लोगो भने लगाउन पाउने उल्लेख छ ।

यसैविच, प्रमुख जिल्ला अधिकारीले प्रदेश प्रहरी परिचालन गर्न सक्नेगरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वयसम्बन्धी विधेयक पारित भएको छ । विधेयक पारित भएसँगै अब जिल्लाभित्र शान्ति सुरक्षा कायम गराउन प्रमुख जिल्ला अधिकारीले प्रदेश प्रहरी खटाउन सक्नेछन् ।