You are here
Home > समाचार > विद्युतको पोलमा एक्कासी आगलागी

विद्युतको पोलमा एक्कासी आगलागी

२६ श्रावण २०७६, आईतवार १७:४५

काठमाडौं-कमलादीस्थित सडक किनारामा रहेको बिजुलीका पोल तथा तारमा आगलागी भएको छ । दिउँसो सवा २ बजेतिर प्रज्ञा भवन पछाडिको सडक किनाराका पोलमा एक्कासी आगो दन्किएको थियो ।

आगो ह्वार ह्वार्ती बल्न थालेपछि दमकललाई खबर गरिएको थियो । दमकलले समयमै आगो नियन्त्रण लिएका कारण नजिकै रहेको बिजुलीको ट्रान्सफर्मरसम्म आगो पुग्न सकेन जसले गर्दा गम्भीर दुर्घटना टरेको छ ।

आगो नियन्त्रण गर्न केही समय लागेका कारण त्यस क्षेत्रका ट्राफिक व्यवस्था अवरुद्ध थियो।