You are here
Home > समाचार > आचरण र मर्यादा विपरीत काम गर्ने २०४ सैनिक कारवाहीमा

आचरण र मर्यादा विपरीत काम गर्ने २०४ सैनिक कारवाहीमा

२७ श्रावण २०७६, सोमबार १९:४५

काठमाडौं- सैनिक आचरण र मर्यादा विपरीत काम गर्ने अधिकृतविरुद्ध जङ्गी अड्डाले कारवाही प्रक्रिया अगाडी बढाएको छ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा रहेको सैनिक प्रहरी गणले आचरण विपरीत काम गर्ने सैनिक अधिकृतमाथि तीब्र र कठोरताका साथ अनुसन्धान थालेको छ । सैनिक अदालतले सचेत गराउनेदेखि बर्खास्तसम्मको सजाय सुनाइसकेको छ । सैनिक २४ भदौ २०७५ यताको ९ महिनामा २०४ जना सैनिक कार्बाहीमा परेको स्रोतले जानकारी दिएको छ ।

सैनिक प्रहरीको तथ्यांकअनुसार, ४ जना अधिकृतलाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य ठहरिने गरी बर्खास्त गरिएको छ । अन्य दर्जाका १६५ जना बर्खास्त भएका छन् । यो अवधिमा एक अधिकृतसहित अन्य दर्जाका २८ जनालाई घटुवा गरिएको स्रोतले जानकारी दिएको छ ।

सरकारी सेवामा भविष्यमा अयोग्य नठहरिने गरी अन्य दर्जाका ६ जना कर्मचारी कारबाहीमा परेका छन् । अनियमिततामा मुछिएकादेखि लागूपदार्थ सेवन, वैदेशिक रोजगारीसम्बन्धी घटना, बुहविवाह, साइबर अपराध, आर्थिक लेनदेनलगायतका कसूरमा सैनिक अधिकृतमाथि अनुसन्धान भएको स्रोतले जानकारी दिएको छ ।