You are here
Home > राजनीति > नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच भेटवार्ता

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच भेटवार्ता

२७ श्रावण २०७६, सोमबार १९:५८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

उपचारबाट फर्किएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था, समसामयिक राजनीतिक विषयबस्तु र पार्टीको सचिवालय बैठक लगायतका विषयमा छलफल भएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

अध्यक्षद्वयको भेटवार्ताका आधारमा मंगलबारका लागि तय भएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको प्रतिवेदन पेश हुनेछ ।

अध्यक्षद्वय ओली-प्रचण्डबीच मंगलबार पनि कार्यविभाजनका विषयमा छलफल हुने भएको छ ।