You are here
Home > समाचार > अनसन्धान कार्यमा नेपाल प्रहरी प्रभावकारी बन्दैः आइजिपी खनाल

अनसन्धान कार्यमा नेपाल प्रहरी प्रभावकारी बन्दैः आइजिपी खनाल

२७ श्रावण २०७६, सोमबार २०:०६

काठमाडौं- प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले नेपाल प्रहरी अनुसन्धान कार्यमा प्रभावकारी बन्दै गएको बताउनुभएको छ।

नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरुसँग प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमुना संगठनको रुपमा स्थापित गर्न लागिपरेको समेत बताउनुभयो।

कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै सांगठनिक सन्दर्भ, शान्ति सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धानको अवस्था, नेपाल प्रहरीका सुधारका प्रयासबारे जानकारी दिनुभयो ।

विशिष्टिकृत अनुसन्धान इकाईको गठन, विध्वंसात्मक गतिविधि नियन्त्रण, लागूऔषध तथा अवैध सुन बरामद एवं अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी कार्य गर्दै आएको उहाँले बताउनुभयो ।