You are here
Home > समाचार > त्रिवि शिक्षण अस्पताल परिसरमा आगलागी

त्रिवि शिक्षण अस्पताल परिसरमा आगलागी

२७ श्रावण २०७६, सोमबार २१:३५

काठमाडौं – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सोमबार साँझ आगलागी भएको छ। अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको हो। सेन्टरको पाँचौँ तल्लामा रहेको अस्पताल प्रमुख तथा विभागीय प्रमुखहरुको कोठामा बेलुका साढे ७ बजेतिर एक्कासि आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा आइसकेको छ। पाँचौं तल्लामा लागेको आगोले अस्पतालको मेट्रोनको कार्यकक्ष र अन्य केही विभागहरुको कक्षमा क्षति पुगेको महानगरीय प्रहरी वृत्त महारागञ्जका डिएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए। आगलागीका बावजुत विरामी, चिकित्सक र स्वास्थ्यकर्मी सुरक्षित रहेका प्रहरीले जनाएको छ। आगो नेपाली सेना, प्रहरी तथा वारूण यन्त्र परिचालन गरी नियन्त्रणमा लिइएको छ ।