You are here
Home > खेलकुद > अमेरिकी दूतावासले फेरि बोलायो सन्दीपलाई

अमेरिकी दूतावासले फेरि बोलायो सन्दीपलाई

२८ श्रावण २०७६, मंगलवार १३:४८

काठमाडौं–  अमेरिकी दुतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिषा दिन अस्विकार गरेको छ।  २१ अगष्टबाट शुरु हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउने तयारीमा रहेका लामिछाने भिषाका लागि मंगलबार बिहान महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका थिए। 

बिहान अन्तरवार्ताका लागि बोलाएर भिसा दिन अस्वीकार गरेको दूतावासले दिउँसो फेरि बोलाएको हो । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न भिसा अप्लाई गरेका थिए । तर, कुनै कारण बिनै सन्दीपको अमेरिकाले भिसा अप्लाई गर्न अस्वीकार गरेको थियो ।

भिसा अस्वीकार भएपछि सन्दीपले चकित भएको प्रतिक्रियासहित ट्वीट गरेका थिए । लगत्तै दूतावासले सन्दीपलाई दूतावास बोलाएको हो । नेपालले एक दिवसीय सिरिज अमेरिकासँग ६ महिनापछि खेल्ने भएकाले पनि सन्दीपले भिसा अप्लाइ गरेका हुन् ।

विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय खेल खेलिसकेका सन्दीपले आफू लुक्नका लागि भिसा अप्लाइ नगरेको प्रतिक्रिया दिएका छन् । उनले आफूलाई अमेरिकाले भिसा नदिएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

सन्दीपले ट्वीटमा लेखेका थिए, ‘आउँदो क्यारिबियन प्रिमियर लिग (सीपीएल–२०१९) का लागि आज (मंगलबार) म नेपालस्थित अमेरिकी राजदूतावासमा गएको थियो । राष्ट्रिय खेलाडीका रुपमा मैले २०१६ देखि विभिन्न विश्वका लिगमा सहभागिता जनाउँदै आएको छु । मेरो भिसा अस्वीकार हुँदा म ठूलो आश्चार्यमा परे ।’

सन्दीपले ट्वीटरमा दिएको जानकारीअनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए । उनले लेखेका छन्, ‘मसँग कुनै शब्द थिएन् र म हाँस्दै ती सबैकुरा हेरिरहेको थिएँ । मैले सम्पूर्ण आवश्यक कागजातहरु पूरा गर्दा पनि भिसा नपाउँदा आश्चार्यमा परे । खेलाडीका रुपमा यसले मलाई सीपीएलमा खेल्न समस्या पार्नेछ ।’