You are here
Home > राजनीति > यादवले पदबाट दिएको राजीनामा फिर्ता लिन समाजवादी पार्टीको आग्रह

यादवले पदबाट दिएको राजीनामा फिर्ता लिन समाजवादी पार्टीको आग्रह

२८ श्रावण २०७६, मंगलवार १४:११

काठमाडौं – प्रतिनिधिसभा सदस्य डा.सूर्यनारायण यादवले पदबाट दिएको राजीनामा फिर्ता लिन समाजवादी पार्टी नेपालले आग्रह गरेको छ । सप्तरी क्षेत्र नम्बर १ बाट तत्कालीन संघीय समाजवादी पार्टीको उम्मेदवार भई निर्वाचित भएका यादवले सभामुख कृष्णबहादुर महरा समक्ष राजीनामाको निवेदन दिएका थिए ।

सांसद यादवको राजीनामा सभामुखसमक्ष आएको तर स्वीकृत भई नसकेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए । यादवको राजीनामाका बारेमा सभामुख महराले समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियासँग समेत छलफल गरेका छन् ।

समाजवादी पार्टीका प्रमुख सचेतक अरगरियाले राजीनामा फिर्ता लिनका लागि डा.यादवलाई आग्रह गरिएको बताएका छन् ।