You are here
Home > समाचार > गाँजाका बोट प्रहरीद्धारा नष्ट

गाँजाका बोट प्रहरीद्धारा नष्ट

२९ श्रावण २०७६, बुधबार ०७:५९

भक्तपुर- सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा रहेका करीब आठ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ ।

महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागुऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताए ।

स्थानीय बासिन्दाको घर करेसा, तरकारी, मकैबारीदेखि खुला ठाउँ, चौर र पाखामा लहलह गर्दै झुलेका हजारौँ बोट गाँजा फडानी गरी नष्ट गरेको हो ।