You are here
Home > समाचार > दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु

दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु

२९ श्रावण २०७६, बुधबार ०९:४०

बागलुङ- जिल्ला प्रहरी कार्यालय बागलुङले दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु गरेको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले मङ्गलबार शुभारम्भ गरे ।

कार्यक्रम प्रजिअ क्षेत्रीले सभ्य, सुसंस्कृत र उन्नत समाज निर्माणका लागि कार्यक्रमले सघाउने विश्वास गरे । उनले लागुऔषध दुर्व्यसनीविरुद्ध सबै एकजुट हुनपर्ने बताए ।

लागुऔषध दुर्व्यसनीरहित जिल्ला बनाउने उद्देश्यले कार्यक्रम शुरु गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए।

“सचेतनामूलक अभियानलाई थप प्रभावकारी र जनमुखी बनाउन आमासँग प्रहरी कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने । घरकै सदस्यमा दुर्व्यसनीको समस्या भए नलुकाउने, गोप्य सूचना दिनेजस्ता कुरामा आमाहरुले सघाउने प्रहरीको विश्वास छ ।