You are here
Home > राजनीति > मुख्यमन्त्री शाही सहभागि कार्यक्रम नजिकै बम विष्फोट

मुख्यमन्त्री शाही सहभागि कार्यक्रम नजिकै बम विष्फोट

२९ श्रावण २०७६, बुधबार १६:४३

सुर्खेत -कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ। कालिकोटको पचालझरना गाउपालिकाको गाउँसभा भइरहेको स्थान नजिकै बुधबार दिउँसो बम विस्फोट भएको हो।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेम सिंहले कार्यक्रम स्थल भन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको जानकारी दिए ।

विष्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। यो विस्फोटमा कुनै मानवीय क्षति नभएको जानकारी प्रहरीले दिएको छ।