You are here
Home > राजनीति > झाँक्रीको संयोजकत्वमा ब्रोकर लाइसेन्स अध्ययन उपसमिति

झाँक्रीको संयोजकत्वमा ब्रोकर लाइसेन्स अध्ययन उपसमिति

२९ श्रावण २०७६, बुधबार १६:४७

काठमाडौं – संसदको अर्थमसितिले सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा पर्ने प्रभावबारे अध्ययन गर्ने भएको छ।

बुधबार बसेको संसदको अर्थसमितिले अध्ययनको लागि नेकपा सांसद रामकुमारी झाँक्री संयोजक रहेको उपसमिति गठन गरेको हो। उक्त समितिको सदस्यमा रामबाबु यादव, प्रमिला राई, कुमार राई र देव नारायण चौधरी छन् ।

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले बैंकलाई ब्रोकर लाइसेन्सद दिने प्रक्रिया अघि बढाइसकेको अवस्थामा संसदको अर्थ समितिले अध्ययन गर्ने निर्णय लिएको हो। अर्थसमितिको यस्तो निर्णयसँगै प्रकिया रोकिएको छ। समितिलाई अध्ययन प्रतिवेदन दिन २ महिनाको समय तोकिएको छ। सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङको खतरा हुनसक्ने भन्दै उपसमिति बनाएर अध्ययन गर्ने निर्णय गरेको छ।

उपसमितिले विस्तृत अध्ययन गरेर चाँडे रिपोर्ट बुझाएपछि समितिले आवश्यक निर्देशन दिने अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।