You are here
Home > राजनीति > नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गर्नुपर्छः परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गर्नुपर्छः परराष्ट्रमन्त्री ज्ञवाली

२९ श्रावण २०७६, बुधबार १६:५७

काठमाडौं-परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गर्नुपर्ने बताउनुभएको छ ।

दुई देशबीच थाती रहेका सम्झौता खारेज गरेर नयाँ शिराबाट बढ्नुपर्छ’ बुधबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘दशकौंसम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नुमा दुवै देशको हित हुन्छ ।

मन्त्री ज्ञवालीले पञ्चेश्वर परियोजना, कर्णाली जलविद्युत आयोजनातर्फ संकेत गर्दै ती संझौता खारेज गर्नुपर्ने उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतले नेपालका लागि उदारभाव देखाउनुपर्ने बताउनुभयो। नेपाल विश्व महाशक्ति या क्षेत्रीय शक्ति पनि नभएको र बन्ने महत्त्वाकांक्षा पनि नराखेको बताउँदै भने, ‘हामी समृद्धिको उद्देश्य बोकेर अगाडि बढ्न चाहन्छौं, त्यसका लागि भारतले उदारता देखाओस् ।’

नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपाल र भारतबीच विन विनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारहरु भइरहेको बताउनुभयो। दुई देशबीच विगतमा भएका सन्धि सम्झौताले सार्थक परिणाम हासिल गर्नुले सबैलाई उत्साही बनाएको बताउनुभयो।