You are here
Home > समाचार > १३ वर्षीय बालिकाले बलात्कार गर्न खोज्ने युवकलाई खुकुरी प्रहार

१३ वर्षीय बालिकाले बलात्कार गर्न खोज्ने युवकलाई खुकुरी प्रहार

२९ श्रावण २०७६, बुधबार १७:१५

काठमाडौं-झापामा १३ वर्षीय बालिकाले बलात्कार गर्न खोज्ने युवकलाई खुकुरी प्रहार गरेकी छिन्। झापाको बुद्धशान्ति गाउँपालिकामा यस्तो घुटना भएको हो । बालिका आफैले सो घटना बारे सार्वजनिक गरेपछि गाउँलेले थाहा पाएका हुन् । बारम्बार बलात्कारमा परेकी १३ वर्षीय बालिकाले पछिल्लो पटक बलात्कार गर्ने क्रममा उनले खुकुरी प्रहार गरेकी हुन्।

धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालिकालाई बारम्बार धम्कि दिएर बलात्कार गर्दै आएका थिए । तर घटनापछि यसको रहस्य खुलेको थियो । घटना खुलेपछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा छिन् । बाबु गाउँमै मजदुरी गर्छन् । दिउँसो कोही नभएका मौका छोपेर घरमा आएर धुम्की दिंदै बलात्कार गर्ने गरेको पीडित बालिकाको भनाइ छ ।

गुरुङले बलात्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मारिदिने र विदेशमा रहेकी आमाको शव बाकसमा ल्याइदिने भन्दै धम्की दिने गरेको पीडित बालिकाको भनाइ छ ।