You are here
Home > कला > वरिष्ठ साहित्यकार मदनमणि दीक्षित अब रहेनन्

वरिष्ठ साहित्यकार मदनमणि दीक्षित अब रहेनन्

३० श्रावण २०७६, बिहीबार ०८:५१

काठमाडौं -वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ।  निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दिक्ष्ाितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो।

निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो। दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् ।

उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान पाएका थिए। नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ। उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो। उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।