You are here
Home > समाचार > ५९ किलो गाँजासहित दुई जना पक्राउ

५९ किलो गाँजासहित दुई जना पक्राउ

३० श्रावण २०७६, बिहीबार १४:३०

मकवानपुर -मकवानपुर प्रहरीले ५९ किलो ५८० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ बस्ने २० वर्षीय भिमसेन मोक्तान र सोही ठाउँकै २६ वर्षीय रोशन लामा छन् ।

उनीहरुलाई हेटौंडा उपहानगरपालिका–१० बसपार्क सडक खण्डबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

भिमसेन चलाएको ५ ख १८२५ नम्बरको मिनी ट्रकको चालक बस्ने सिटमुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको थियो । गाँजा बरामद भएपछि सोही ट्रकमा सवार लामालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ