You are here
Home > समाचार > पत्रकार पुडासैनी आत्महत्या प्रकरणः रुकु भनिने अस्मिता कार्की पक्राउ

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः रुकु भनिने अस्मिता कार्की पक्राउ

३० श्रावण २०७६, बिहीबार १६:२४

काठमाडौं -पत्रकार शालीकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम जोडिएकी युवती रुकु भनिने अस्मिता कार्की पक्राउ परेकी छन्।

प्रहरीले घटना अनुसन्धानका सिलसिलामा बिहीबार कार्कीलाई पक्राउ गरेको हो । आत्महत्याअघि रेडर्क भएको पुडासैनीको भिडियो र अडियो रेकर्डमा विवादित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफूलाई फसाउन कार्कीलाई हतियारका रुपमा प्रयोग गरेको आरोप लगाइएको छ ।

कार्कीसँगै डिपेन्डेन्स भिसामा अष्ट्रेलिया पठाइदिने भन्दै नजिक सम्बन्ध बनाएको र पछि आफूलाई ‘ब्ल्याकमेल’ गर्ने हतियारका रुपमा प्रयोग गरेको आरोप पुडासैनीले लगाएका थिए । कार्कीसँगको बयानका आधारमा संलग्नता भेटिए लामिछानेलाई पक्राउ गर्ने तयारी प्रहरीको छ ।