You are here
Home > राजनीति > प्रधामन्त्री ओलीको स्वास्थ्यमा समस्या, नेकपा सचिवालय बैठक स्थगित

प्रधामन्त्री ओलीको स्वास्थ्यमा समस्या, नेकपा सचिवालय बैठक स्थगित

३० श्रावण २०७६, बिहीबार १८:१७

काठमाडौं -सिंगापुरमा १० दिन लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि विरामी परेका छन्।

ओलीलाई ज्वरोले च्यापेपछि बिहीबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ।   नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई ज्वरोले च्यापेपछि बैठक भोली ३ बजेसम्मका लागि स्थगित भएको हो।

‘प्रधानमन्त्रीलाई ज्वरो आयो, त्यसपछि हामीले नै उहाँको आरामका लागि भोलीसम्मलाई सचिवालय बैठक सार्न भन्यौँ’, श्रेष्ठले भने, ‘उहाँलाई आराम चाहिएका बेला धपेडी हुने भएकाले बैठक सारिएको हो।’  नेकपा सचिवालय सदस्यबीच आज सामान्य छलफल मात्रै भएको श्रेष्ठले बताए ।