You are here
Home > समाचार > पत्रकार पुडासैनी हत्या प्रकरणः रवि लामिछानेसहित तीन जना पक्राउ

पत्रकार पुडासैनी हत्या प्रकरणः रवि लामिछानेसहित तीन जना पक्राउ

३० श्रावण २०७६, बिहीबार १९:३७

काठमाडौं-प्रहरीले न्युज २४ टेलिभिजनका सञ्चारकर्मी/कार्यक्रम प्रस्तोता  रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ओखलढुंगाकी घर भएकी नर्स अस्मिता कार्की रोकुलाई बिहीवार दिउसो पक्राउ गरे लगतै रवि लामिछानेलाई पनि प्रहरीले पक्राउ गरेको हो।

चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो ।

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।

पुडासैनीको सोही भिडियो वयानका आधारमा प्रहरीले रवि लामिछाने र युवराज कँडेललाई समातेको हो ।

साउन २२ गते दिउँसो ३ः ३० बजे होटलको २०२ नम्बर कोठामा गएका उनलाई होटलवालाले राति खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए

काठमाडौं -प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो शालिकराम पुडासैनी आत्महत्याकाण्डमा अस्मिता कार्की पक्राउ परेलगत्तै रवि पनि पक्राउ परेको जनाइएको छ।