You are here
Home > समाचार > चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीन जनाको नाम सिफारिस

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीन जनाको नाम सिफारिस

३० श्रावण २०७६, बिहीबार १९:३९

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।

उपाध्यक्ष सिफारिस समितिले प्राडा सुरेन्द्र शेरचन, शम्भुकुमार पहारी र श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको हो । उनीहरुको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो वरीयतामा सिफारिस गरिएको समिति निकट स्रोतले जनाएको छ ।

आयोगको उपाध्यक्षका लागि ११ जनाले दरखास्त दिएका थिए। तीमध्ये तीन जनाको नाम प्रधानमन्त्री तथा आयोगका अध्यक्षलाई सिफारिस गरिएको हो । तीनै मध्येबाट एक जनालाई उपाध्यक्ष नियुक्त गर्नुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा उल्लेख छ ।

पहिलो पटकको दरखास्त आह्वान रद्द गर्दै साउन २० गते दोस्रो पटक दरखास्त माग गरिएको थियो । पहिलो पटक ६ जनाले आवेदन दिएका थि ए। दोस्रो पटक दरखास्त दिएका ११ जनामध्ये प्रमोदकुमार सर्राफ र जेएन पाण्डेयको दरखास्त सिफारिस समितिले शुरुमै रद्द गरिदिएको थियो । बाँकी ९ जनाको दरखास्त स्वीकृत गर्दै समितिले अन्तरवार्ताका लागि बोलाएको हो ।

उनीहरुको मंगलबार र बुधबार अन्तरवार्तासहित सिफारिस समितिले प्रस्तुति लिएको थियो । प्रा।डा रमेशप्रसाद सिंह, पारसकुमार पोखरेल, तरुण पौडेल, यहुनचन्द्र विाकोटी, श्रीकृष्ण गिरी, शम्भुकुमार पहारी, राजेन्द्रप्रसाद साह र सुरेन्द्र शेरचनलाई अन्तरवार्ताका लागि डाकिएको हो । तीमध्ये शेरचन, पहारी र गिरी सिफारिस भएका हुन् ।