You are here
Home > प्रशासन > घुस लिने ट्राफिक प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घुस लिने ट्राफिक प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३० श्रावण २०७६, बिहीबार २०:२५

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवा बोक्ने टिपरसँग घुस लिने ट्राफिक प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काभ्रेको हिगुवापाटी ट्राफिक पोष्टमा कार्यरत एक प्रहरी जवान तेजप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार मेलम्चीदेखि काठमाडौंसम्म नदीजन्य पदार्थ ढुवानी गर्ने टिपरसँग भट्टराईले मासिक २ हजार रुपैयाँ घुस लिँदै आएका थिए ।