You are here
Home > प्रशासन > मन्त्री खत्री बर्खास्त

मन्त्री खत्री बर्खास्त

३१ श्रावण २०७६, शुक्रबार ०८:०५

सुर्खेत- कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका छन्।

ठेकेदारसमेत रहेका मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि मुख्यमन्त्री शाहीले बिहीबार बर्खास्त गरेका हुन्। नेपालको संविधानको धारा १६९ को उपधारा (२०) को खण्ड (ख) बमोजिम खत्रीलाई पदमुक्त गरि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले नै सम्हालेका छन्।

खत्रीलाई बर्खास्त गरिएको निर्णयको जानकारी शाहीले प्रदेश प्रमूख दुर्गाकेशर खनाललाई दिइसकेका उनका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिएका छन्। उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश दिएको थियो।