You are here
Home > समाचार > नेकपाका प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम प्रहार

नेकपाका प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम प्रहार

३१ श्रावण २०७६, शुक्रबार ०८:०८

बुटवल -नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ।  रुपन्देही सैनामैना ७ रामापुरमा मा रहेको ढकालको घरमा घरमा शुक्रबार विहान २ बजेर ४० मिनेटमा ५ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ। पाँच बम मध्ये २ वटा बम नपड्किएको प्रहरीले जनाएको छ।

 सचेतक ढकाल बिरामी भएर काठमाडौंको अस्पतालमा उपचार गराइरहेका छन्। उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ। सरकारद्वारा प्रतिबन्धित विप्लव माओवादीले बम हानेको हुन सक्ने प्रहरीको अनुमान छ।