You are here
Home > समाचार > बलात्कारको मुद्धामा पक्राउ परेका यादव प्रहरी हिरासतबाटै फरार

बलात्कारको मुद्धामा पक्राउ परेका यादव प्रहरी हिरासतबाटै फरार

३१ श्रावण २०७६, शुक्रबार १६:०६

जनकपुरधाम -जबरजस्ती करणी मुद्दाका पक्राउ परेका एक अभियुक्त जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएको छ । बिहीबार दिउँसै बयानको लागि अपराध अनुसन्धान शाखामा लगिएको बेला अभियुक्त फरार भएका हुन् ।

फरार हुनेमा सिरहाका २० वर्षीय राममनी यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ । जबरजस्ती करणी अभियोगमा पक्राउ परी अनुसन्धानको क्रममा जिल्ला प्रहरी धनुषाको नियन्त्रणमा लिएको थियो ।

प्रहरीको रोहबरमा बयानका लागि अपराध अनुसन्धान शाखा लगिएको वेला यादव मौका छोपी फारर भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् ।

फरार यादवको खोजी कार्य तीव्र पारिएको खनालले जानकारी दिएका छन ।